बिर्स्यौ कि तिमीले कसो मेरो मनसित
हाय देउरालीमा हाँसीखेली माया लाएको मीत गाएको गीत
बिर्स्यौ कि तिमीले कसो
आशैआशमा पर्खेर म कति यो मनमा पीर छिपाऊँ
आशैआशमा पर्खेर म कति यो मनमा पीर छिपाऊँ
सत्य तिम्रै सम्झनामा रुन्छ यो गाउँ
सत्य तिम्रै सम्झनामा रुन्छ यो गाउँ
रुन्छ यो गाउँ
बिर्स्यौ कि तिमीले कसो
शरद बित्यो बादलले सन्देश केही ल्याएको होइन
शरद बित्यो बादलले सन्देश केही ल्याएको होइन
शान्ति कतै जिन्दगीले पाएको छैन
शान्ति कतै जिन्दगीले पाएको छैन
पाएको छैन
बिर्स्यौ कि तिमीले कसो
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः माणिक रत्न