बिर्सूँ कसरी तिम्रो तस्वीर बिर्सिन सकिनँ
देखाऊँ कसलाई त्यो तिम्रो तस्वीर
देखाऊँ कसलाई त्यो तिम्रो तस्वीर देखाउनै सकिनँ
बिर्सूँ कसरी त्यो तिम्रो तस्वीर बिर्सिन सकिनँ
यो दिलभित्र कोही नै छैन, म भन्न सक्दिनँ
मान्छेको माया केही नै होइन, म भन्न सक्दिनँ
यो दिलभित्र कोही नै छैन, म भन्न सक्दिनँ
मान्छेको माया केही नै होइन, म भन्न सक्दिनँ
बिर्सूँ कसरी तिम्रो तस्वीर बिर्सिन सकिनँ
चरर चिरी मुटु यो मेरो तिमीले लिलियो
शून्य मेरो जीवन पारी पराई नै भई दियो
चरर चिरी मुटु यो मेरो तिमीले लिलियो
शून्य मेरो जीवन पारी पराई भई दियो
बिर्सूँ कसरी तिम्रो तस्वीर बिर्सिन सकिनँ
देखाऊँ कसलाई त्यो तिम्रो तस्वीर
देखाऊँ कसलाई त्यो तिम्रो तस्वीर देखाउनै सकिनँ
बिर्सूँ कसरी तिम्रो तस्वीर बिर्सिन सकिनँ
शब्दः
संगीतः विजय सिंह मुनाल
स्वरः