बिर्सिदिन खोज्दा पनि……

बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि

चिताझै जलिरहेँ फेरि भेट्ने आश गरी
चिताझै जलिरहेँ फेरि भेट्ने आश गरी
खरानीझै उडिरहेँ सम्झनामा आकाशभरि
आगो निभाइ दिँदा पनि धुवाँ भने आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि

खोलाझै सुसाइरहेँ बिछोडमा एक्लै परी
खोलाझै सुसाइरहेँ बिछोडमा एक्लै परी
साउने भेल सरी बगि रात दिन आँखाभरि
बाँध बाँध्न खोज्दा पनि उनकै याद बगिरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि

शब्दः
संगीतः
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!