बिर्सेर ती दिनहरू…….

बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिन

जीवन दिन्छु भन्थ्यौ तिमी आँशु दिई गई गयौ
खुशी दिन्छु भन्थ्यौ तिमी पीडा दिई गई गयौ
जीवन दिन्छु भन्थ्यौ तिमी आँशु दिई गई गयौ
खुशी दिन्छु भन्थ्यौ तिमी पीडा दिई गई गयौ
दुई दिन माया दिएर जीवन जलाई गई गयौ
हृदयले कोरेका चित्त सबै मेटिदियौ
बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिन

विपना बनेन कहिले ती मेरा सपनाहरू
तिमी पनि त आज सपना नै भईदियौ
विपना बनेन कहिले ती मेरा सपनाहरू
तिमी पनि त आज सपना नै भईदियौ
उर्लेका ती भेलझैँ छोडी गयौ दुःखका बालुवाहरू
मेरा ती कलिला फूल सबै सबै कुल्ची गयौ
बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिन

शब्दः
सङ्गीतः
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!