बिर्सेर पनि नरुनु तिमी एक्लै बसेर
गाजलु आँखा सम्हाली राख्नु मलाई कसेर
बिर्सेर पनि नरुनु तिमी एक्लै बसेर
गाजलु आँखा सम्हाली राख्नु मलाई कसेर
एकलासे वनमा न्याउली रुन्छ
मनमनै गुन्दछु, मनमनै गुन्दछु
किन हो आज यो साँझ तिम्रै
सुस्केरा सुन्दछु, सुस्केरा सुन्दछु
देख्दैछु आज यो जून पनि ओइलिए जस्तो छ
यो शून्यभरि सम्झना तिम्रै फैलिए जस्तो छ
बिर्सेर पनि नरुनु तिमी एक्लै बसेर
गाजलु आँखा सम्हाली राख्नु मलाई कसेर
कल्ले हो कल्ले त्यो डाँडापारि
लुकेर बोलाउँछ, लुकेर बोलाउँछ
छहरे खोला उर्लेर आउँछ
मन यो टोलाउँछ, मन यो टोलाउँछ
नौ डाँडापारि तिमीलाई छिट्टै भोट्न म आउँछु
पर्खेर बस्नु मलाई तिमी बाटोमा पाउनेछौ
बिर्सेर पनि नरुनु तिमी एक्लै बसेर
गाजलु आँखा सम्हाली राख्नु मलाई कसेर
बिर्सेर पनि नरुनु तिमी एक्लै बसेर
गाजलु आँखा सम्हाली राख्नु मलाई कसेर
शब्दः प्रेम विनोद नन्दन
संगीत/स्वरः प्रेमध्वज प्रधान