बिर्सेको भए बितेका कुरा पापीको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
लेकाली फूल शीतका थोपा फूलका मुनाले
ब्युँझायो होला सुतेको माया बिहानीपखले
ब्युँझायो होला सुतेको माया बिहानीपखले
त्यो मुटुबीच
त्यो मुटुबीच गडेको याद जमेको हिउँले
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङ्गले
ब्युँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
सुतेको बेला
सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जूनको छायाँले
बगेका गाजल नयनबाट निस्केका आँशुले
ब्युँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
शब्दः म. बि. बि. शाह
संगीत/स्वरः बच्चु कैलाश