विपनामा आउन …….

विपनामा आउन सक्दिनौ भने
सपनाभरि आउने गर
अन्जानमा प्रेमको
अन्जानमा प्रेमको फूल रोपिदिएँ
मेरो यादमा चुम्ने गर
यादमा मेरो चुम्ने गर
विपनामा आउन

मुटुभित्र अमिट छाप बनेर
मुटुभित्र अमिट छाप बनेर
बसिदियो धड्कन तिमी बनेर
आशा छ आइदिन्छौ भनेर
सपनाभरि मीठो भेट बोकेर
विपनामा आउन

नयनबाट अविरल बग्दै जान्छन्
नयनबाट अविरल बग्दै जान्छन्
बिछोडका निश्चल थोपाहरू
हृदयभरि सजाउन मैले खोज्दा
पराई भई गयो तिम्रो मनहरू
विपना आउन सक्दिनौ भने
सपनाभरि आउने गर
अन्जानमा प्रेमको
अन्जानमा प्रेमको फूल रोपिदिएँ
मेरो यादमा चुम्ने गर
यादमा मेरो चुम्ने गर
विपनामा आउन

शब्दः मेरिना स्मृति
सङ्गीतः मदन दिपबिम
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!