बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिनँ
माया लाग्छ बोलाउन सक्दिनँ
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिनँ
माया लाग्छ बोलाउन सक्दिनँ
गीत गाउने कालो बादल, तिमी बजाऊ मादल
गीत गाउने कालो बादल, तिमी बजाऊ मादल
मायालु त उसै राम्रो झन् आँखामा गाजल
मायालु त उसै राम्रो झन् आँखामा गाजल
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिनँ
माया लाग्छ बोलाउन सक्दिनँ
घाम झुल्क्यो हिमालमा, चरी गाउँछे वनमा
घाम झुल्क्यो हिमालमा, चरी गाउँछे वनमा
मैले भने सम्झी रैछु, के छ तिम्रो मनमा
मैले भने सम्झी रैछु, के छ तिम्रो मनमा
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिनँ
माया लाग्छ बोलाउन सक्दिनँ
डाँडाकाँडा घुम्दै फिर्दै बग्दै आउने खोला
डाँडाकाँडा घुम्दै फिर्दै बग्दै आउने खोला
सम्झनाको गीत हो यो नबिर्सनु होला
सम्झनाको गीत हो यो नबिर्सनु होला
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिनँ
माया लाग्छ बोलाउन सक्दिनँ
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिनँ
माया लाग्छ बोलाउन सक्दिनँ
शब्दः आनन्द
संगीत/स्वरः हरिप्रसाद रिमाल