बिलाउने चिलाउने
हुन्छ भनि नआउने
सपनीमा उदाउने
विपनीमा नआउने
बैगुनीको माया नगर
बिलाउने चिलाउने
हुन्छ भनि नआउने
सपनीमा उदाउने
विपनीमा नआउने
बैगुनीको माया नगर
बैगुनीको माया नगर
सानो तुलो केश फुल्यो गयो जोवन ढल्की
सानो तुलो केश फुल्यो गयो जोवन ढल्की
आउँछ्यौ भनि पर्खी बसेँ आइनौ है फर्की
तर मैले सुने ऐले(अहिले) तिमी भइछ्यौ आर्की
बिर्सेर के भो र
लाको माया ख्याल गर
बैगुनीको माया नगर
बैगुनीको माया नगर
माटोभन्दा ढुङ्गो साह्रो ढुङ्गो भन्दा फलाम
माटोभन्दा ढुङ्गो साह्रो ढुङ्गो भन्दा फलाम
सबैभन्दा झन् साह्रो बैगुनीको मन हजुर टाढैदेखि सलाम
बोलाउनु पर्दैन
माया भए डर छैन
बिर्सिए कर छैन
सम्झिदिनै पर्दैन
बैगुनीको माया नगर
बैगुनीको माया नगर
बिलाउने चिलाउने
हुन्छ भनि नआउने
सपनीमा उदाउने
विपनीमा नआउने
बैगुनीको माया नगर
बैगुनीको माया नगर
बैगुनीको माया नगर
शब्द/संगीतः वासुदेव मुनाल
स्वरः वासुदेव मुनाल र पाण्डव सुनुवार