बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौलो पारेर
सुनौलो पारेर
त्यो घरको मान्छे हातमा लौरो हल्लाई ओर्लेर
फुकाई दाम्ली आउन थाल्यो पहेँलो ताकेर
दुई हात जोडी मन्दिरभित्र मूर्तिलाई ढोगेर
लाएर टीको हल्लाई घण्ट निस्कियो फर्केर
त्यो घरको मान्छे
त्यो ढुङ्गा माथि थचक्क बसी सुसेलो हालेर
गोरेटो ढुक्यो बाख्राको पाठो काखमा च्यापेर गाई गोठ फोरी
त्यो घरकी कान्छी आइन् निस्केर
सिम्रिक टीको, आँखामा गाजल, गुराँस सिउरेर
त्यो घरकी कान्छी उगेको छाती
एकोहोरो अङ्ग, छिनेको कम्मर
बाटेको चुल्ठो लत्रला जस्तो नागबेली पारेर
नगिच पुगी नबोली उभी भईतिर हेरेर
उषाको लाली मुखमा पोती सर्मले मरेर
त्यो, त्यो, त्यो घरकी कान्छी
त्यो घरकी कान्छी
शब्दः
सगीतः
स्वरः