भुलेका कथा तीता मीठा
भुलेका कथा तीता मीठा
सादा कागजको पानामा सब देख्छु
जब म गीत गाउन थाल्छु
जब म गीत गाउन थाल्छु
भुलेका कथा तीता मीठा
सम्झनामा सधैँ चोट बल्झिदिन्छ
सम्झनामा सधैँ चोट बल्झिदिन्छ
यादहरूका लहरहरूले
यादहरूका लहरहरूले
बिर्सिसकेको कथाहरू दोहऱ्याई दिन्छ
जब म गीत गाउन थाल्छु
जब म गीत गाउन थाल्छु
भुलेका कथा तीता मीठा
निरौतामा त्यसै मन चस्किदिन्छ
निरौतामा त्यसै मन चस्किदिन्छ
भवनाका लहरहरूले
भवनाका लहरहरूले
भत्किसकेको शून्य महलमा डोऱ्याउँछ
जब म गीत गाउन थाल्छु
जब म गीत गाउन थाल्छु
भुलेका कथा तीता मीठा
शब्दः
संगीतः
स्वरः अरूण थापा