भीमेश्वरको मेला…….

भीमेश्वरको मेला भेट भएको बेला, बुझ्यौ?
ए भीमेश्वरको मेला भेट भएको बेला
लाइदेऊ माया ए साइँली डर मान्नु पर्दैन
भीमेश्वरको मेला भेट भएको बेला
लाइदेऊ माया ए साइँली डर मान्नु पर्दैन
लाइदेऊ माया ए साइँली डर मान्नु पर्दैन
ए तामाकोशी बगर बिहे गर्ने रहर, सुन्यौ?
ए तामाकोशी बगर बिहे गर्ने रहर
छैन मलाई ए साइँला फकाउनु पर्दैन
तामाकोशी बगर बिहे गर्ने रहर
छैन मलाई ए साइँला फकाउनु पर्दैन
छैन मलाई ए साइँला फकाउनु पर्दैन

टुलुटुलु घुरेर सानो सानो माया नहेर कोकले
लान्छु आज तिमीलाई सानो सानो माया बैँशैको जोकले
ए सानो सानो माया बैँशैको जोकले
जाडो भए आगो ताप सानो सानो माया सालैको मुढो छ
लान्छु भन्ने फुर्ति गर्ने सानो सानो माया साह्रै नै बुढो छ
ए सानो सानो माया साह्रै नै बुढो छ
ए तिम्लाई हामी चाहिने हाम्लाई तिमी चाहिने
आउन बस दाहिने डर मान्नु पर्दैन
आउन बस दाहिने डर मान्नु पर्दैन
अच्छु कति खाएँ बच्छु कति खाएँ
तिम्लाई झुसे बारुलो फकाउनु पर्दैन
तिम्लाई झुसे बारुलो फकाउनु पर्दैन

तिम्ले मलाई राम्ररी सानो सानो माया चिनेको छैन र
तिमी पोथी नक्कली सानो सानो माया म भाले हैन
ए सानो सानो माया म भाले हैन
मै हुँ भन्ने भलेको सानो सानो माया ठीक छैन है चाला
गाउँघरमा बास हेर्दा सानो सानो माया स्यालैले लैजाला
सानो सानो माया स्यालैले लैजाला
ए तिम्लाई कठै बरि किन खोज्छौ जोरी
लान्छु अब तानेर डर मान्नु पर्दैन
लान्छु अब तानेर डर मान्नु पर्दैन
बोली मीठो छैन घरमा पिठो छैन
हेरौँ कसले लैजाने फकाउनु पर्दैन
हेरौँ कसले लैजाने फकाउनु पर्दैन
लान्छु अब तानेर डर मान्नु पर्दैन
हेरौँ कसले लैजाने फकाउनु पर्दैन
लान्छु अब तानेर डर मान्नु पर्दैन
हेरौँ कसले लैजाने फकाउनु पर्दैन
लान्छु अब तानेर डर मान्नु पर्दैन

शब्दः कुमार बस्नेत
सङ्गीतः शुभ बहादुर सुनाम, शम्भुजीत बास्कोटा
स्वरः कुमार बस्नेत र ज्ञानु राणा
चलचित्रः के घर के डेरा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!