भेटिनु छुटिनु त के हो र, संसारको रीत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो
भेटिनु छुटिनु त के हो र, संसारको रित हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो
नदिनु साथ कसैको जब अन्तै छ मन भने
नदिनु साथ कसैको जब अन्तै छ मन भने
नबाँड्नु खोक्रो कामना पापी छ मन भने
मेरो चोखो प्रेम कमाउनु नै त्यो तिम्रो जीत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो
लाग्दैन खुशी त के भयो म रून्छु बेस्सरी
लाग्दैन खुशी त के भयो म रून्छु बेस्सरी
सम्पूर्ण आफू आफूमै म हुन्छु त्यस घडी
मेरो लागि यस्ता आँशु नै जीवन अमृत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो
भेटिनु छुटिनु त के हो र, संसारको रीत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो
शब्द/सङ्गीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा