भावनाले भरिदैन मेरो जिन्दगानी
सपनीले सजिदैन मेरो साँझ बिहानी
भावनाले भरिदैन मेरो जिन्दगानी
जिन्दगीको मोडहरू पहिलाउन सकिनँ
जिन्दगीको मोडहरू पहिलाउन सकिनँ
हराइदिए बिलासमै
हराइदिए बिलासमै मेरो प्रीत कहानी
भावनाले भरिदैन मेरो जिन्दगानी
शून्यताको अँगालोमा हराउन सकिएन
शून्यताको अँगालोमा हराउन सकिएन
भुलाइ दिए साहसमै
भुलाइ दिए साहसमै जवान तरी
भावनाले भरिदैन मेरो जिन्दगानी
सपनीले सजिदैन मेरो साँझ बिहानी
भावनाले भरिदैन मेरो जिन्दगानी
मेरो साँझ बिहानी
मेरो जिन्दगानी
शब्दः गोविन्द प्रधान
संगीतः पेमा लामा
स्वरः उदय सोताङ