भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्वीर कति दिन बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
ब्युँझे पनि म देख्छु तिमी नै म देख्छु नीदमा
ब्युँझे पनि म देख्छु तिमी नै म देख्छु नीदमा
दिन रात सम्झी खाली कसरी बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
तिमी ज्यान हौ यो जिउँको तिमी प्राण जिन्दगीको
तिमी ज्यान हौ यो जिउँको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्वीर कति दिन बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
शब्दः म. बि. बि. शाह
सङ्गीत: जगत मर्दन थापा
स्वरः कुमारी लिली सिंह
(यो गीत सविता देवी, बीजु रिमाल, मेहेदी हसन, जगत मर्दन थापाको आवाजमा पनि सुन्न सकिन्छ।)