भाखै मिल्दैन………..

भाखै मिल्दैन, भाखै मिल्दैन
तिम्रो निम्ति गीत गाउन भाखै मिल्दैन
तिम्रो निम्ति गीत गाउन भाखै मिल्दैन
भाखै मिल्दैन, भाखै मिल्दैन
सुन्दरताको बयान गर्न शब्दै मिल्दैन
कारिगरी कसको, कारिगरी कसको
कारिगरी कसको भन्दा ब्रह्मै बोल्दैन
कसरी पो बयान गरूँ तिमी भनन
तिम्रो निम्ति गीत गाउन भाखै मिल्दैन

यो छायाँको छायाँ छ घुम्टोभित्रै होला
घुम्टो खोलिदियौ भने के पो हुने होला
यो छायाँको छायाँ छ
यो छायाँको छायाँ छ घुम्टोभित्रै होला
घुम्टो खोलिदियौ भने के पो हुने होला
औँसी रात भन्छन् सबै
औँसी रात भन्छन् सबै अँध्यारो नै छैन
सृष्टीमा अर्को चन्द्र उदा’को त छैन
के पो गरी बयान गरूँ तिमी भनन
तिम्रो निम्ति गीत गाउन भाखै मिल्दैन
भाखै मिल्दैन, भाखै मिल्दैन
सुन्दरताको बयान गर्न शब्दै मिल्दैन

हिउँद, वर्षा, शिशिरमा कुन ऋतुमा छैनौ
हामीबीच हामी जस्तै
हिउँद, वर्षा, शिशिरमा
हिउँद, वर्षा, शिशिरमा कुन ऋतुमा छैनौ
हामीबीच हामी जस्तै तिमी पक्कै हैनौ
आकार अकारमा नै
आकार अकारमा नै यदि यस्तो ध्वनि
साकारमा आयौ भने के हुने के नहुने
के गरी पो बयान गरूँ तिमी भनन
तिम्रो निम्ति गीत गाउन भाखै मिल्दैन
भाखै मिल्दैन, भाखै मिल्दैन
सुन्दरताको बयान गर्न शब्दै मिल्दैन
तिम्रो निम्ति गीत गाउन भाखै मिल्दैन

शब्दः शहदेव राणा
संगीत/स्वरः शिवशंकर मानन्धर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
Archives
Categories
Recent Posts
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
error: Content is protected !!