भगवान जीवन नाउ आऊ पार लगाऊ
भगवान जीवन नाउ आऊ पार लगाऊ
जब जब संकट पर्ला आई तिमी चलाऊ
भगवान जीवन नाऊ आऊ पार लगाऊ
ज्ञानबिना भो अन्धो विषै पामर नटुवा
ज्ञानबिना भो अन्धो विषै पामर नटुवा
यो भवसागर बीचमा लामो पथको बटुवा
यो भवसागर बीचमा लामो पथको बटुवा
ज्योर्तिमय ज्ञानको बत्ती बाली बाटो देखाऊ
जब जब संकट पर्ला आई तिमी चलाऊ
भगवान जीवन नाउ आऊ पार लगाऊ
तिमी दिन दयालु दानी पापी छु म भिखारी
तिमी दिन दयालु दानी पापी छु म भिखारी
अति दीनहीन छु म लेऊ शरण मलाई
अति दीनहीन छु म लेऊ शरण मलाई
म बीचै बन्धनमा छु आई तिमी फुकाऊ
जब जब संकट पर्ला आई तिमी चलाऊ
भगवान जीवन नाउ आऊ पार लगाऊ
भगवान जीवन नाउ आऊ पार लगाऊ
शब्दः श्याम मलेखु
संगीत/स्वरः भक्तराज आचार्य