बतासैले उडाई…….

 

बतासैले उडाई ल्यायो माया मेरो
फूलमाथि सजाई दियो छायाँ तिम्रो
जिन्दगानी उपहार भो, ढकमक जोवन फुल्यो

हिमालको चोखो हावा जस्तो तिम्रो माया
सङ्ग्लो बगेको पानी जस्तो तिम्रो माया
लै लै लै
हिमालको चोखो हावा जस्तो तिम्रो माया
सङ्ग्लो बगेको पानी जस्तो तिम्रो माया
इन्द्रेणीको रङ्गसँगै तिम्रो माया मनमा सज्यो
जिन्दगानी उपहार भो, ढकमक जोवन फुल्यो
बतासैले उडाई ल्यायो माया मेरो
फूलमाथि सजाई दियो छायाँ तिम्रो
जिन्दगानी उपहार भो, ढकमक जोवन फुल्यो

ब्युँझाई रहर मेरो झस्कियो मुटुभरि
कसले सम्झेर आफ्नो बाँडियो बन्धनसरि
लै लै लै
ब्युँझाई रहर मेरो झस्कियो मुटुभरि
कसले सम्झेर आफ्नो बाँधियो बन्धनसरि
मायाको जाल सानसानो घर सबै मेरो संसार भो
जिन्दगानी उपहार भो, ढकमक जोवन फुल्यो
बतासैले उडाई ल्यायो माया मेरो
फूलमाथि सजाई दियो छायाँ तिम्रो
जिन्दगानी उपहार भो, ढकमक जोवन फुल्यो
बतासैले उडाई ल्यायो माया मेरो
फूलमाथि सजाई दियो छायाँ तिम्रो
जिन्दगानी उपहार भो, ढकमक जोवन फुल्यो

शब्द/सङ्गीतः रञ्जीत गजमेर
स्वरः कुमार कान्छा र आशा भोसले
चलचित्रः चिनो

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!