बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
कहीँ छैन यो हँसिलो हिमालझैँ हाम्रो
कहीँ छैन यो रसिलो नेपालझैँ राम्रो
जहाँ जाऊँ
जहाँ जाऊँ अघि लाग्छ यो नेपाली माया
जताततै फैलिदिन्छ यो हिमाली छायाँ
बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
यो छायाँमा फैलिएर मलाई खुल्न देऊ
यो मायामा गहिरिएर मलाई फुल्न देऊ
कोहीदेखि
कोहीदेखि डग्ने छैन हिमाल छ भने
कहिले पनि मर्ने छैनौँ नेपाल छ भने
बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा
शब्दः प्रेम विनोद नन्दन
सङ्गीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान