वसन्तै तिमी हाँसिदियौ………..

वसन्तै तिमी हाँसिदियौ मेरो आँखैमा
एकनास एकनास छाई दिएर मेरो आँखैमा
सुगन्धै तिमी मस्किदियौ मेरो बाटैमा
चुपचाप चुपचाप आई दिएर मेरो बाटैमा
वसन्तै तिमी हाँसिदियौ मेरो आँखैमा
एकनास एकनास छाई दिएर मेरो आँखैमा
सुगन्धै तिमी मस्किदियौ मेरो बाटैमा
चुपचाप चुपचाप आई दिएर मेरो बाटैमा

अङ्गाली हर किनारालाई चुम्दछ लहर
नियाली हर मौसमलाई झुम्दछ रहर
अङ्गाली हर किनारालाई चुम्दछ लहर
नियाली हर मौसमलाई झुम्दछ रहर
उमङ्गै तिमी छल्किदियौ मेरो रातैमा
बैशको मातको खाएर मेरो रातैमा
सुगन्धै तिमी मस्किदियौ मेरो बाटैमा
चुपचाप चुपचाप आई दिएर मेरो बाटैमा

खोली दिँदा तिम्रो घुम्टो लोलाउँछ गुराँस
फुकी दिँदा तिम्रो चुल्ठो टोलाउँछ आकाश
खोली दिँदा तिम्रो घुम्टो लोलाउँछ गुराँस
फुकी दिँदा तिम्रो चुल्ठो टोलाउँछ आकाश
उमङ्गै तिमी बल्झी दियौ मेरो तनैमा
मनको प्यास मेटाएर मेरो मनैमा
वसन्तै तिमी हाँसिदियौ मेरो आँखैमा
एकनास एकनास छाई दिएर मेरो आँखैमा
सुगन्धै तिमी मस्किदियौ मेरो बाटैमा
चुपचाप चुपचाप आई दिएर मेरो बाटैमा
वसन्तै तिमी हाँसिदियौ मेरो आँखैमा
मेरो आँखैमा, मेरो आँखैमा,
मेरो आँखैमा, मेरो आँखैमा

शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः रबिन शर्मा र सुक्मित गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!