बरु भुलेछु नशाहरू तिमीलाई भुल्न सकिनँ
खोज्दा खोज्दै आफै हराएँ,
त्यै पनि पाउन सकिनँ
बरु भुलेछु नशाहरू तिमीलाई भुल्न सकिनँ
मायाको संसार यस्तै नै हो कि
कतै तिमी नै हो कि त्यस्तै
मायाको संसार यस्तै नै हो कि
कतै तिमी नै हो कि त्यस्तै
भुली पो दियौ कि बाध्यतामा छौ कि
भाग्य नै मेरो हो कि यस्तै
बढ्दै छ घाउ कठिन भो जिउन
तर पनि भुल्न सकिनँ
तिमीलाई भुल्न सकिनँ
बरु भुलेछु नशाहरू तिमीलाई भुल्न सकिनँ
कति रातहरू बिते छट्पट्टीमा
कैयौ जिनहरू डुबे प्रतीक्षामा
अधुरो रह्यो यो यात्रा प्रीतिको
अल्झिने भो पलपल सम्झनामा
घुम्दै छु म लौन भुइँमा
किनारा नाघ्न सकिनँ
तिमीलाई पाउन सकिनँ
बरु भुलेछु नशाहरू तिमीलाई भुल्न सकिनँ
खोज्दा खोज्दै आफै हराएँ,
त्यै पनि पाउन सकिनँ
बरु भुलेछु नशाहरू तिमीलाई भुल्न सकिनँ
तिमीलाई भुल्न सकिनँ
तिमीलाई भुल्न सकिनँ
शब्दः
संगीतः
स्वरः