बल्ल मनमा खुशी छायो यो जुनीमा
गीत नयाँ मुस्कुरायो ढुक्ढुकीमा
परेलीका सपना ब्युँझाई तृष्णा मेटाई विपनीमा
भाग्यले नै जुराई देको यो जुनीमा
बल्ल मनमा खुशी छायो यो जुनीमा
गीत नयाँ मुस्कुरायो ढुक्ढुकीमा
परेलीका सपना ब्युँझाई तृष्णा मेटाई विपनीमा
भाग्यले नै जुराई देको यो जुनीमा
हाँसी बस आँखाकै साना नानीमा
घाम पानी हो मेरो माया जिन्दगानीमा
हाँसी बस आँखाकै साना नानीमा
घाम पानी हो मेरो माया जिन्दगानीमा
ती रंगमा रंग मिलाई झलप लगाई इन्द्रेणीमा
माया सग्लो जुहार बन्ने यो जुनीमा
छाई बस्छ उषाकै सारा लालीमा
गोधुली हो मेरो माया जिन्दगानीमा
छाई बस्छ उषाकै सारा लालीमा
गोधुली हो मेरो माया जिन्दगानीमा
गोरेटो त्यो पछ्याई जूनको बादल हटाई अँधेरीमा
माया सधै संजोग बन्ने यो जुनीमा
बल्ल मनमा खुशी छायो यो जुनीमा
गीत नयाँ मुस्कुरायो ढुक्ढुकीमा
परेलीका सपना ब्युँझाई तृष्णा मेटाई विपनीमा
भाग्यले नै जुराई देको यो जुनीमा
शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः अरूणा लामा