बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
सहस्र नाम निर्झरी जपेर जिन्दगीभरि
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
सहस्र नाम निर्झरी जपेर जिन्दगीभरि
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
बजिरहेछ बाँसुरी
म बुझ्न खोज्छु बुझ्दिनँ अनन्त पार त्यो कथा
म जान्न खोज्छु जान्दिनँ जनम जनमको यो व्यथा
म बुझ्न खोज्छु बुझ्दिनँ अनन्त पार त्यो कथा
म जान्न खोज्छु जान्दिनँ जनम जनमको यो व्यथा
जनम जनमको यो व्यथा
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
सहस्र नाम निर्झरी जपेर जिन्दगीभरि
बजिरहेछ बाँसुरी
विवेक ध्यान ज्ञानको नभई नभई त्यसै गयो
विराट स्वरूप श्यामको नजानी जिन्दगी बित्यो
विवेक ध्यान ज्ञानको नभई नभई त्यसै गयो
विराट स्वरूप श्यामको नजानी जिन्दगी बित्यो
नजानी जिन्दगी बित्यो
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
सहस्र नाम निर्झरी जपेर जिन्दगीभरि
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
सहस्र नाम निर्झरी जपेर जिन्दगीभरि
बजिरहेछ बाँसुरी पिएर कृष्णा माधुरी
बजिरहेछ बाँसुरी
शब्दः राममणि रिसाल
संगीत/स्वरः भक्तराज आचार्य