बहकिँदो मन………

बहकिँदो मन तँ बहकी नजा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा ए चञ्चल हावा

लहलह यो फूलमा छ फुलेको के
टहटह यो जूनमा छ मिलेको के
लहलह यो फूलमा छ फुलेको के
टहटह यो जूनमा छ मिलेको के
कलकल खोला चुल्बुल यो मन
आखिर मैले छ पाएको के
आँखामा आँशु छ मनमा व्यथा
आश नदेखा ए चञ्चल हावा

पलपल यो बादलको बदलिदाे रुप
खलबल गगनमा यो मनमा छ खुब
पलपल यो बादलको बदलिदाे रुप
खलबल गगनमा यो मनमा छ खुब
टाढाको माया नजिकै छायाँ
चोट छ दिलमा छ यो ओठ चुप
यही नै हो मेरो जीवन कथा
आश नदेखा ए चञ्चल हावा
बहकिँदो मन तँ बहकी नजा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा ए चञ्चल हावा

शब्द/संगीत/स्वरः बच्चु कैलाश

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!