बादलुको दरबारमा पहाडको मेला
वन डाँडाले गाउँछ सधैँ साँझ बिहान बेला
ओर्ली आकाश केही खेल्छ नाना रङ्गी खेल
ओर्ली आकाश केही खेल्छ नाना रङ्गी खेल
बादलुको दरबारमा पहाडको मेला
आरू फूल लजाएको घुम्टो नै भरि
कुहिरोले सास फेर्छ मस्की छरी छरी
छिडिएर घाम सधैँ लुकामारी खेल्छ
नाची नाची सल्लाघाँरी यस्तै पोल खोल्छ
स्वर्गको
स्वर्गको आँगनमा पिरतीको मेला
बादलुको दरबारमा पहाडको मेला
वन डाँडाले गाउँछ सधैँ साँझ बिहान बेला
ओर्ली आकाश केही खेल्छ नाना रङ्गी खेल
ओर्ली आकाश केही खेल्छ नाना रङ्गी खेल
बादलुको दरबारमा पहाडको मेला
रानी हिमाल बेहुलीलाई चारै दिशा घेरी
हातेमालो खेल्छ क्षीतिज रङ्ग फेरि फेरि
बतासले मीठो मीठो कानेखुशी गर्छ
बिसाउनलाई ईन्द्रेणीले दुईटा कथा भन्छ
मायालु
मायालु संसार यो घाम छायाँको मेला
बादलुको दरबारमा पहाडको मेला
वन डाँडाले गाउँछ सधैँ साँझ बिहान बेला
ओर्ली आकाश केही खेल्छ नाना रङ्गी खेल
ओर्ली आकाश केही खेल्छ नाना रङ्गी खेल
बादलुको दरबारमा पहाडको मेला
शब्दः नोर्देन रुम्बा
संगीतः धनन्जय सुब्बा
स्वरः सूर्य थुलुङ