एउटै बाटो सधैँ………….

एउटै बाटो सधैँ भेटघाट भइरहँदा
मुस्कानहरू साटिएछन् देखिरहँदा
कुन विन्दुमा मन खुले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
एउटै बाटो सधैँ भेटघाट भइरहँदा

कहिले घुइँचो कहिले हल्ला कहिले एकान्त
कहिले खुशी कहिले सुर्ता कहिले अशान्त
कहिले घुइँचो कहिले हल्ला कहिले एकान्त
कहिले खुशी कहिले सुर्ता कहिले अशान्त
बाँड्दा बाँड्दै एक अर्कामा सङ्कोच रहेन
यस्तै घडी कहाँ मिल्यौ थाहै भएन
यस्तै घडी कहाँ मिल्यौ थाहै भएन
एउटै बाटो सधैँ भेटघाट भइरहँदा

भिडले एक्लो पार्दा पार्दै नजिक भएछौ
सायद विश्वास खोज्दा खोज्दै आफ्नो भएछौ
भिडले एक्लो पार्दा पार्दै नजिक भएछौ
सायद विश्वास खोज्दा खोज्दै आफ्नो भएछौ
तिमीसित भेटेपछि पीरै रहेन
कति छिटो खुशी झुले थाहै भएन
कति छिटो खुशी झुले थाहै भएन
एउटै बाटो सधैँ भेटघाट भइरहँदा
मुस्कानहरू साटिएछन् देखिरहँदा
कुन विन्दुमा मन खुले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
ला ला ला ला…..
हम्म् हम्म् हम्म्……

शब्द: रमण घिमिरे
संगित/स्वर: दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!