एउटा मुटु रहरको……

एउटा मुटु रहरको चढाउनु छ तिमीलाई
वसन्तको बहारले सिङ्गार्नु छ तिमीलाई
एउटा मुटु रहरको चढाउनु छ तिमीलाई
वसन्तको बहारले सिङ्गार्नु छ तिमीलाई

विवशता नै विवशताको संसारमा हाँसी राख्नु
नचुँडिने माया प्रीति बाँचुञ्जेल गाँसी राख्नु
नचुँडिने माया प्रीति बाँचुञ्जेल गाँसी राख्नु
एउटा पाठ वर्तमानको पढाउनु छ तिमीलाई
एउटा कथा अतीतको सुनाउनु छ तिमीलाई
एउटा मुटु रहरको चढाउनु छ तिमीलाई
वसन्तको बहारले सिङ्गार्नु छ तिमीलाई

कति कुरा भन्नु नै छ कति कुरा सुन्नु नै छ
उदास यी आँखाभित्र तिमीलाई थुन्नु नै छ
उदास यी आँखाभित्र तिमीलाई थुन्नु नै छ
नपुछिने सिन्दुरले रङ्गाउनु छ तिमीलाई
एउटा कथा अतीतको सुनाउनु छ तिमीलाई
एउटा मुटु रहरको चढाउनु छ तिमीलाई
वसन्तको बहारले सिङ्गार्नु छ तिमीलाई

शब्दः कष्णहरि बराल
सङ्गीत/स्वरः पन्नाकाजी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!