एउटा कुरा भन्नु थियो मेरो तिमीसित
तर भई गो भन्दिनँ म
तर भई गो भन्दिनँ म
अब कोहीसित
एउटा कुरा
फूलको थुङ्गा यो हातको दिऊँ कि जस्तो लाग्छ
सँगै बसि मीठो पानी पिऊँ कि जस्तो लाग्छ
फूलको थुङ्गा यो हातको दिऊँ कि जस्तो लाग्छ
सँगै बसि मीठो पानी पिऊँ कि जस्तो लाग्छ
आयो यौवन एकैचोटी लोभ्याउँछ आँखा
हुन गयो मन तान्ने प्रियसीको गाथा
एउटा कुरा भन्नु थियो मेरो तिमीसित
तर भई गो भन्दिनँ म
तर भई गो भन्दिनँ म
अब कोहीसित
एउटा कुरा
मुख छोपी हाँस्नु पर्छ हाँस्न मन लागे
लाज मानी बस्नु पर्छ बोल्न मन लागे
मुख छोपी हाँस्नु पर्छ हाँस्न मन लागे
लाज मानी बस्नु पर्छ बोल्न मन लागे
फूलजस्तो फक्रिदो छ जीवन आजभोलि
कोही कसको पाउँदिनँ मीठो बचन बोली
एउटा कुरा भन्नु थियो मेरो तिमीसित
तर भई गो भन्दिनँ म
तर भई गो भन्दिनँ म
अब कोहीसित
एउटा कुरा
शब्दः
संगीतः
स्वरः