एउटा कुरा म भन्छु, तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु, आँखा नचिम्ल है त
आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु, तिमी लाज नमान है त
बालक छदै परीका कथाहरू म सुन्थेँ
बादलसँगै उडेर एक राजकुमारी चुन्थेँ
मेरी अप्सराको मैले अनुहार बताए जस्तो
यो रूप लाग्छ मैले उहिले चिताए जस्तो
उहिले चिताए जस्तो
एउटा कुरा म भन्छु, तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु, आँखा नचिम्ल है त
आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु, तिमी लाज नमान है त
तिम्रो यो हाँसो लाग्छ युग युगदेखि सुनेथेँ
तिमीलाई लाग्छ पहिलो जन्मैदेखि चिनेथेँ
कहिलै नमर्ने मीठो अमृत पिएको जस्तो
आज छ मैले सिंगै संसार जीतेको जस्तो
संसार जीतेको जस्तो
एउटा कुरा म भन्छु, तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु, आँखा नचिम्ल है त
आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु, तिमी लाज नमान है त
तिमी लाज नमान है त, तिमी लाज नमान है त
शब्दः किरण खरेल
संगीत/स्वरः शिवशंकर मानन्धर