एउटा खुल्ला किताब……..

एउटा खुल्ला किताब हुँ म
तिमीले पनि पढे हुन्छ
अरूले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
एउटा खुल्ला किताब हुँ म
तिमीले पनि पढे हुन्छ

बेमौकाको बादलसरि कति चोटी फाटिदिएँ
बेमौकाको बादलसरि कति चोटी फाटिदिएँ
जसले मलाई बुझे भन्थ्यो उसकै पनि उपहास पाएँ
जसले मलाई बुझे भन्थ्यो उसकै पनि उपहास पाएँ
एउटा खुल्ला चिठ्ठी हुँ म
तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ
एउटा खुल्ला किताब हुँ म
तिमीले पनि पढे हुन्छ

निष्ठुरीको आस्थाबाट कति चोटी टुक्रिसकेँ
निष्ठुरीको आस्थाबाट कति चोटी टुक्रिसकेँ
जसले मलाई सबथोक ठान्थ्यो उसकै पनि म रेत भएँ
जसले मलाई सबथोक ठान्थ्यो उसकै पनि म रेत भएँ
एउटा सादा कागज हुँ म
तिमीले पनि लेखे हुन्छ
अरूले जस्तै लेखेपछि अनर्थ सम्झी मेटे हुन्छ
एउटा खुल्ला किताब हुँ म
तिमीले पनि पढे हुन्छ

शब्दः जश योञ्जन प्यासी
संगीतः कर्म योञ्जन
स्वरः डेजी बराइली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!