हे हे हे हे
एउटा गुराँस फुलेजस्तो शीत तर्केजस्तो
तिमी आउँदा बिहानीको लाली खुलेजस्तो
तिमी आउँदा बिहानीको लाली खुलेजस्तो
तिमी आउँदा बिहानीको लाली खुलेजस्तो
हे हे हे हे
कुमारी ती ओठहरू, कुमारी नै आँखाहरू
वसन्तको नौलो रूप सुकुमारी गाला
कोयलीले गाएजस्तो, डाँफे नातेजस्तो
कोयलीले गाएजस्तो, डाँफे नातेजस्तो
तिमी हाँस्दा जवानीको रङ्ग खुलेजस्तो
रङ्ग खुलेजस्तो
हे हे हे हे
यौवनको श्रृंगार हो कि लाज मान्ने बानी
जिन्दगीको बहार हो कि मौन कुराकानी
केही कुरा लिएजस्तो, केही दिएजस्तो
केही कुरा लिएजस्तो, केही दिएजस्तो
तिमी झुक्दा कहानीको भेद खुलेजस्तो
भेद खुलेजस्तो
हे हे हे हे
एउटा गुराँस फुलेजस्तो शीत तर्केजस्तो
तिमी आउँदा बिहानीको लाली खुलेजस्तो
तिमी आउँदा बिहानीको लाली खुलेजस्तो
तिमी आउँदा बिहानीको लाली खुलेजस्तो
हे हे हे हे
शब्दः
संगीतः
स्वरः