अतीतभरिको सम्झना रह्यो
मुटुभरि काँडा
अधुरो भो हाम्रो मिलन
आज भयौ टाढा
अधुरो भो हाम्रो मिलन
आज भयौ टाढा
अतीतभरिको
बिर्सन सक्दिनँ मायाका ती पलहरू
तड्पीएर ओर्लन्छन् मनभरिका छालहरू
बिर्सन सक्दिनँ मायाका ती पलहरू
तड्पीएर ओर्लन्छन् मनभरिका छालहरू
सपनीमा भेट्छु तिमीलाई विपनीमा बाधा
अतीतभरिको
हृदयमा वेदना लिइ आज रोई रहनु पर्यो
पिरतीमा दुईटा मुटु त्यसै छुटिनु पर्यो
हृदयमा वेदना लिइ आज रोई रहनु पर्यो
पिरतीमा दुईटा मुटु त्यसै छुटिनु पर्यो
आलो रह्यो ढुकढुकीमा बिछोडको व्यथा
अतीतभरिको सम्झना रह्यो
मुटुभरि काँडा
अधुरो भो हाम्रो मिलन
आज भयौ टाढा
अधुरो भो हाम्रो मिलन
आज भयौ टाढा
अतीतभरिको
शब्दः
संगीतः
स्वरः अरूण थापा