आशाको दियो बालेर गोरेटो म हेरूँला
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
आशाको दियो बालेर गोरेटो म हेरूँला
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
वन नदी तिम्रै हेरेझै बाटो लाग्दछ
वन नदी तिम्रै हेरेझै बाटो लाग्दछ
कोयलीको सुरमा तिमी आएझैँ लाग्दछ
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
आशाको दियो बालेर गोरेटो म हेरूँला
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
सुन्दछु म तिमीले गाएको गीत खोलामा
सुन्दछु म तिमीले गाएको गीत खोलामा
देख्दछु तिम्रो छायाँ त्यो सँगलो पानीमा
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
आशाको दियो बालेर गोरेटो म हेरूँला
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
तिमी आऊ प्यारमा बादलपारि जाऊँला
तिमी आऊ प्यारमा बादलपारि जाऊँला
जगतमा स्वर्गको माया रोपी गाऊँला
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
आशाको दियो बालेर गोरेटो म हेरूँला
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खूँला
शब्द/संगीत/स्वरः जगतमर्दन थापा