अरबौ मान्छेहरूमा…………

अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे
संसार नै भुल्ने मान्छे
अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे

तराजुमा राखेर धेरै पल्ट यो दुनियाँलाई मैले जोखेको छु
सहानुभुतिको आशा गरेर रुदै व्यर्थै वेदना पोखेको छु
देखेर मानिसको मतलबी चाला
देखेर मानिसको मतलबी चाला रुँदारुँदै म रोकेको छु
मलाई सानै चोट लाग्दा पनि तिमी छट्पटाई हाल्ने मान्छे
अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे

म निर्धन निर्बल र बेअर्थको पानीबिहीन खोला
म सायद त्यो अस्तित्वहिन मान्छे, मेरो महत्व के होला
केहीछिन त तैपनि हाँसेरै जिउँछु
केहीछिन त तैपनि हाँसेरै जिउँछु तिमी साथ भएको बेला
मेरो मृत्युको खबर सुन्दा यहाँ तिमी एक छौ रुने मान्छे
अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे
संसार नै भुल्ने मान्छे
अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे

शब्द/स्वरः मदनकृष्ण श्रेष्ठ
सङ्गीतः न्ह्यु बज्राचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!