अनुरागको त्यो रागमा
सपना फुलेको बागमा
हलचल रह्यो यो जीवन
आँचल बनि सुहागमा
अनुरागको त्यो रागमा
सपना फुलेको बागमा
हलचल रह्यो यो जीवन
आँचल बनि सुहागमा
उपहार थियो नयनको
त्यो तीर बन्दै रहने
उपहार थियो नयनको
त्यो तीर बन्दै रहने
श्रृंगार थियो लगनको
जन्जीर बन्दै रहने
हो…… चञ्चल रह्यो यो यौवन
बादल बनि आकाशमा
हलचल रह्यो यो जीवन
आँचल बनि सुहागमा
बेहोश थिएँ म जगमा
त्यो स्वप्नमा लुकेर
बेहोश थिएँ म जगमा
त्यो स्वप्नमा लुकेर
मदहोश रहुँला फेरि
कसैको दिल जितेर
हो……. झिलमिल रह्यो यो तनमन
काजल बनि परागमा
हलचल रह्यो यो जीवन
आँचल बनि सुहागमा
हो……. अनुरागको त्यो रागमा
सपना फुलेको बागमा
हलचल रह्यो यो जीवन
आँचल बनि सुहागमा
शब्दः राम मान ‘तृषित’
संगीतः शिव शंकर मानन्धर
स्वरः रूबी जोशी