अँधेरी रात छ आँखामा, झरी वर्षात् छ आँखामा
नखोजे प्यारको बस्ती, वियोगको बास छ आँखामा
अँधेरी रात छ आँखामा, झरी वर्षात् छ आँखामा
नखोजे प्यारको बस्ती, वियोगको बास छ आँखामा
अँधेरी रात
कही रातै उज्यालो छ, कही दिनै पनि कालो
कही रातै उज्यालो छ, कही दिनै पनि कालो
कही रमझम उत्सव छ, कही जिउनै पनि गाह्रो
नपुग्ने आश छ आँखामा, नमर्ने प्यास छ आँखामा
नखोजे प्यारको बस्ती, वियोगको बास छ आँखामा
अँधेरी रात
मुटु छ ढुकढुकी छैन, दियो छ रोशनी छैन
मुटु छ ढुकढुकी छैन, दियो छ रोशनी छैन
म त्यस्तो भीडभित्र छु, सबै छन् कोही पनि छैन
तिखो उपहास आँखामा, नमीठो त्रास छ आँखामा
नखोजे प्यारको बस्ती, वियोगको बास छ आँखामा
अँधेरी रात छ आँखामा
शब्दः कृष्णहरि बराल
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल