अमर भई बाँचिरहुन् लामो जिन्दगानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
अमर भई बाँचिरहुन् लामो जिन्दगानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
सयपत्री मखमली ढकमक्क फुले
सयपत्री मखमली ढकमक्क फुले
सुनजस्ता धान बाला फाँटभरि झुले
सुनजस्ता धान बाला फाँटभरि झुले
धर्ती आकाश उज्यालो छ हिमालका हिउ
धर्ती आकाश उज्यालो छ हिमालका हिउ
गोदावरी चमेलीका माला गाँसिदिऊँ
अमर भई बाँचिरहुन् लामो जिन्दगानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
हिमाल अझै अग्लिदिन्छ कोशी गहिरिन्छ
हिमाल अझै अग्लिदिन्छ कोशी गहिरिन्छ
डाँडाभरि गुराँसले शोभा छरिदिन्छ
डाँडाभरि गुराँसले शोभा छरिदिन्छ
आफ्नै माटोभित्र अब आफ्नै बाटो बन्छ
आफ्नै माटोभित्र अब आफ्नै बाटो बन्छ
चन्द्र सूर्य बोक्नेलाई कसले भन्छ कम छ
अमर भई बाँचिरहुन् लामो जिन्दगानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
विश्वभर शान्ति छर प्यारा राजा रानी
शब्दः शिव गोपाल रिमाल
संगीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान, पुष्प नेपाली, ……