आमैले भन्थे………

आमैले भन्थे धाराको पानी
साह्रै नै चिसो नखाऊ नानी
मरेँ नि तिर्खैले
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
आमैले भन्थे धाराको पानी
साह्रै नै चिसो नखाऊ नानी
मरेँ नि तिर्खैले
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो

कालो कालो केश तिम्रो सेतै भइगयो
तर कालो अनुहार चाहिँ कालै रहिगयो
अझै पनि हार्दिनँ मन मेरो
मौका पाए झारिदिन्छु सेखी तेरो
भइगो तँ जस्ता कति आए कति गए
के सम्झिस् आफूलाई जोरी खोज्ने मलाई

सररर सररर तोङ्बा तानी
सररर सररर तोङ्बा तानी
साथी भए मतवाली
सररर सररर तोङ्बा तानी
घरमा जान्छन् हात खाली
घरमा जान्छन् हात खाली
सररर सररर सररर सररर सररर सररर सररर
आमैले भन्थे सुका’को मासु
साह्रै नै काँचो नदेऊ सासु
मरेँ नि भोकैले
तर बाबैले भन्थे बासी झोल रक्सी गन्हायो
तर बाबैले भन्थे बासी झोल रक्सी गन्हायो

आजकालको केटा फुटानी लान्छ
नाच्नु त जान्दैन खुट्टा पो भाँचङ्छ

रमाइलो साँझको भेट हाम्रो
डुकु फुल्ने कमेरे पानी राम्रो
बुढाहरू तन्नेरी भाकै राम्रो
तन्नेरी बौला’को अझ राम्रो
दुई दिने जिन्दगानी
कहिले घाम कहिले पानी
लाप्चे, भोटे नेपाली
जात पराइ केही नभनि
आज कमेरे पानीले साथी बनायो
आमैले भन्थे धाराको पानी
साह्रै नै चिसो नखाऊ नानी
मरेँ नि तिर्खैले
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
आमैले भन्थे धाराको पानी
साह्रै नै चिसो नखाऊ नानी
मरेँ नि तिर्खैले
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो
तर बाबैले भन्थे कलको पानी रक्सी गन्हायो

शब्दः कुसुम गजमेर
सङ्गीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा र मुरलीधर
चलचित्रः साइनो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!