अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

आउँछिन् कि चेली भनेर आमा दोबाटो धाएकी
आउँछिन् कि चेली भनेर आमा दोबाटो धाएकी
तीजमा पनि बिर्सिछ क्यारे गरिब माइती
सल्लाझै आमा सुसाई रहिन्
सल्लाझै आमा सुसाई रहिन् एकलै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
छोरीलाई आशिष हाल्न पाइनँ अन्तिम कालैमा
छोरीलाई आशिष हाल्न पाइनँ अन्तिम कालैमा भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यही आँशु टिका पठाईदिऊँ कि
त्यही आँशु टिका पठाईदिऊँ कि प्रवासको पातमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
भन्थेनी दाइले भाइटिकामा बहिनी फर्केला भन्थेनी दाइले भाइटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरि काग कराई रह्यो
दिनभरि काग कराई रह्यो बेलको ठुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
शब्दः भूपि शेरचन
संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल