आइतबार बिहानै………….

आइतबार बिहानै घामसित उठेँ म
आइतबार बिहानै घामसित उठेँ म
हात मुख धोएर पढ्न बसेँ म
हात मुख धोएर पढ्न बसेँ म
सोमबार बिहानै आमासित उठेँ म
सोमबार बिहानै आमासित उठेँ म
कापी कलम लिएर लेख्न बसेँ म
कापी कलम लिएर लेख्न बसेँ म

मङ्गलबार फूलबारीमा फूल सारेँ मङ्गले
मङ्गलबार फूलबारीमा फूल सारेँ मङ्गले
त्यो फूललाई गोडेँ मैले आफ्नै ढङ्गले
त्यो फूललाई गोडेँ मैले आफ्नै ढङ्गले
बुधबार फूलबारीमा जब आमा जानु भो
बुधबार फूलबारीमा जब आमा जानु भो
मेरो काम देखेर खुशी हुनु भो
मेरो काम देखेर खुशी हुनु भो

बिहिबार घरमा मैले गीत गाउँदा
बिहिबार घरमा मैले गीत गाउँदा
मेरी सानी सानिमाले चक्लेट दिनु भो
मेरी सानी सानिमाले चक्लेट दिनु भो
शुक्रबार स्कूलमा मैले गीत गाउँदा
शुक्रबार स्कूलमा मैले गीत गाउँदा
खुशी भई गुरूमाले स्याबास भन्नु भो
खुशी भई गुरूमाले स्याबास भन्नु भो

शनिबार नुहाएँ, हासेँ ,खेलेँ, रमाएँ
शनिबार नुहाएँ, हासेँ ,खेलेँ, रमाएँ
खाजा साजा खाएपछि पुस्तक समाएँ
खाजा साजा खाएपछि पुस्तक समाएँ
यसरी नै बिते मेरा सात बार सातै दिन
भन साथी कस्ता रहे तिम्रा सात दिन?
भन साथी कस्ता रहे तिम्रा सात दिन?
भन साथी कस्ता रहे तिम्रा सात दिन?
भन साथी कस्ता रहे तिम्रा सात दिन?

शब्दः रामबाबु सुवेदी
संगीतः रामेश श्रेष्ठ
स्वरः स्वर्णिम् स्कूलका विद्यार्थीहरू

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
error: Content is protected !!