आहा, वनमा फुले फूलैफूल…..

आहा, वनमा फुले फूलैफूल बास्ना चल्यो मनैमा
वनमा फुले फूलैफूल बास्ना चल्यो मनैमा
हाँसूँ हाँसूँ लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
वनमा फुले फूलैफूल बास्ना चल्यो मनैमा
वनमा फुले फूलैफूल बास्ना चल्यो मनैमा
हाँसूँ हाँसूँ लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने

जता हेर्यो चारैतिर नयाँ रङ्ग छायो
आफैँसँग लाज लाग्ने कस्तो बेला आयो
जता हेर्यो चारैतिर नयाँ रङ्ग छायो
आफैँसँग लाज लाग्ने कस्तो बेला आयो
छमछमाई हो… हो….
छमछमाई पाइलाहरू जोवनको चालमा
नाचूँ नाचूँ लाग्न थाल्यो ढुकढुकीको तालमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने

गुराँसको फरिया फेरौँ चमेलीको चोली
बेली बास चलाउँछे मनको कुरा खोली
गुराँसको फरिया फेरौँ चमेलीको चोली
बेली बास चलाउँछे मनको कुरा खोली
थर्थराए
थर्थराए ओठहरू बैँस बोलाएर
भागूँ भागूँ लाग्न थाल्यो आँखा लोलाएर
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
आहा, वनमा फुले फूलैफूल बास्ना चल्यो मनैमा
वनमा फुले फूलैफूल बास्ना चल्यो मनैमा
हाँसूँ हाँसूँ लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने
भन्नै नहुने
के मात लाग्यो नि होशै नहुने

शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः तारा देवी
चलचित्रः सिन्दुर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!