अघि अघि जिन्दगी, पछि पछि अझै छु म
अघि अघि जिन्दगी, पछि पछि अझै छु म
हार हो कि जित हो यो? अझै हिँडिरहेछु म
अघि अघि जिन्दगी पछि पछि अझै छु म
दुःखसँग भागुँ भने सुख आफ्नो हात छैन
सहुँ भने सहुँ कति ? ढुङ्गाको यो मुटु होइन
दुःखसँग भागुँ भने सुख आफ्नो हात छैन
सहुँ भने सहुँ कति ? ढुङ्गाको यो मुटु होइन
छातीभरि आगो बोकी मुस्काउन खोज्दै छु म
अघि अघि जिन्दगी पछि पछि अझै छु म
टिठ लाग्छ कहिलेकाहीँ जिन्दगी यो आफैलाई
मीठो लाग्छ कहिले फेरि चोट पनि आफैलाई
टिठ लाग्छ कहिलेकाहीँ जिन्दगी यो आफैलाई
मीठो लाग्छ कहिले फेरि चोट पनि आफैलाई
आँधीबीच उभिएर बत्ती बाल्न खोज्दै छु म
अघि अघि जिन्दगी पछि पछि अझै छु म
हार हो कि जीत हो यो? अझै हिँडिरहेछु म
अघि अघि जिन्दगी पछि पछि अझै छु म
पछि पछि अझै छु म
पछि पछि अझै छु म
पछि पछि अझै छु म
शब्दः दिनेश अधिकारी
संगीतः न्ह्यु बज्राचार्य
स्वरः रूबी जोशी
स्वरः लस्मित गुरूङ