आफैले गर विचार मेरो एक्लोपनमा
बेवास्ता मेरो मसँग सोच आफ्नै त्यो मनमा
आफैले गर विचार मेरो एक्लोपनमा
हेरन मेरो एकान्त पल खोतली आफैले
हेर त प्यासी जीवन खोला भई बगेर आफैले
हेरन मेरो एकान्त पल खोतली आफैले
हेर त प्यासी जीवन खोला भई बगेर आफैले
कल्लाई भनुँ सुतेको यादमा आई देऊ भनेर
टुक्रेको दिल कल्लाई भनुँ जोडी देऊ भनेर
आफैले गर विचार मेरो एक्लोपनमा
बेवास्ता मेरो मसँग सोच आफ्नै त्यो मनमा
आफैले गर विचार मेरो एक्लोपनमा
औँसीको मेरो रात छ खोज आफैले चन्द्रमा
निराश छु म आफैले गर आशाको कल्पना
औँसीको मेरो रात छ खोज आफैले चन्द्रमा
निराश छु म आफैले गर आशाको कल्पना
कल्लाई भनुँ मरेको मनमा बाँचिदेऊ भनेर
छुटेको साथी कल्लाई भनुँ हात देऊ भनेर
आफैले गर विचार मेरो एक्लोपनमा
बेवास्ता मेरो मसँग सोच आफ्नै त्यो मनमा
आफैले गर विचार मेरो एक्लोपनमा
शब्दः जी. शाह
शब्द/स्वरः बच्चु कैलाश