आफैँलाई भार भयो आज आफ्नै जिन्दगी
आफैँलाई भार भयो आज आफ्नै जिन्दगी
कहाँ गई बिसाऊँ म नीरस यो जिन्दगी
आफैँलाई भार भयो आज आफ्नै जिन्दगी
आफैँलाई भार भयो आज आफ्नै जिन्दगी
जहाँ जाऊँ म लुटिन्छु सधैँ आफन्तबाट ठगिन्छु म
जहाँ जाऊँ म लुटिन्छु सधैँ आफन्तबाट ठगिन्छु म
बिना मोलतोल यसै
बिना मोलतोल यसै जथाभावी बेचिन्छु म
जथाभावी बेचिन्छु म
बेवारिशे लाश जस्तै हेला भयो जिन्दगी
नटुसाउँदै गली मर्छन् मेरा मनका इच्छाहरू
नटुसाउँदै गली मर्छन् मेरा मनका इच्छाहरू
काँडैकाँडा बिछ्येको छ
काँडैकाँडा बिछ्येको छ मैले टेक्ने ठाउँहरू
मैले टेक्ने ठाउँहरू
टुहुरोको आँशु जस्तै सस्तो भयो जिन्दगी
कहाँ गई बिसाऊँ म नीरस यो जिन्दगी
आफैँलाई भार भयो आज आफ्नै जिन्दगी
शब्दः प्रकाश अधिकारी
सङ्गीतः शक्ति बल्लभ
स्वरः रबिन शर्मा