ए फूल नटिप कलिलैमा
ए फूल नटिप कलिलैमा
यसको पनि मुटु हुन्छ
यसलाई पनि दुख्छ
यसलाई पनि दुख्छ
ए बिर्सी नहाल यति चाँडै
ए बिर्सी नहाल यति चाँडै
ऐनाझै कमलो मन
कमलो मन फुटी जान्छ
ए फूल नटिप कलिलैमा
ए नानी तिम्रो पछ्यौरीलाई
मायाले रंगाई दिऊँ कि
आकाश गंगा सिउँदोमा तिम्रो
ताराले सजाई दिऊँ कि
ए नानी तिम्रो पछ्यौरीलाई
मायाले रंगाई दिऊँ कि
आकाश गंगा सिउँदोमा तिम्रो
ताराले सजाई दिऊँ कि
ए हिँडी नहाल यति चाँडै
यसको पनि तिम्रै हाँसो हाँस्न मन्दो छ
ए बिर्सी नहाल यति चाँडै
ऐनाझै कमलो मन
कमलो मन फुटी जान्छ
ए फूल नटिप कलिलैमा
मेरा स्वर यी तिम्रा हुन
गीत सुन या नसुन
संसार सारा मायाले बाँच्छ
गुन या तिमी नगुन
मेरा स्वर यी तिम्रा हुन
गीत सुन या नसुन
संसार सारा मायाले बाँच्छ
गुन या तिमी नगुन
ए आऊ जाऊ निहुरेर
अब त्यहीँ कुरा साउती गरी दिन्छु
ए बिर्सी नहाल यति चाँडै
ए बिर्सी नहाल यति चाँडै
ऐनाझै कमलो मन
कमलो मन फुटी जान्छ
ए फूल नटिप कलिलैमा
शब्दः
संगीतः
स्वरः दुर्गालाल खड्की किशोर