ए जून ए तारा गई दिनु
बत्तीहरू नबल्दिनु
मेरो रात त्यसै उज्यालो छ
मेरो दिल जलिरहेकोले
ए जून ए तारा गई दिनु
म त देख्दछु वसन्तमै कति फूल उदास भएको
म त देख्दछु वसन्तमै कति फूल उदास भएको
मिलनको सुख घडीमै पनि दिल निराश भएको
ए जून ए तारा गई दिनु
बत्तीहरू नबल्दिनु
मेरो रात त्यसै उज्यालो छ
मेरो दिल जलिरहेकोले
ए जून ए तारा गई दिनु
मेरो यश बिछोडमै पनि मेरो दिल रमाउन सक्छ
मेरो यश बिछोडमै पनि मेरो दिल रमाउन सक्छ
रुन देऊ आँशुले पनि मेरो प्यास बुझाउन सक्छ
ए जून ए तारा गई दिनु
बत्तीहरू नबल्दिनु
मेरो रात त्यसै उज्यालो छ
मेरो दिल जलिरहेकोले
ए जून ए तारा गई दिनु
शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य