ए दुरका सितारा मेरो चाँदनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा मेरो चाँदनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा
ए दुरका सितारा
आँधीमा हो परेको त्यो दीप हुँ दियोको
सम्झेर यो पृथ्वी जो छैन नि निभेको
जो छैन नि निभेको
ए दीप हो अँध्यारा भन रोशनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा
ए दुरका सितारा
लाली सबै गएको यो फूल हुँ फूलेको
पर्खेर त्यो वसन्त जो छैन लौ झरेको
जो छैन लौ झरेको
ए फूल हो टुहुरा भन मालिनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा मेरो चाँदनी कहाँ छ
मेरो चाँदनी कहाँ छ
ए दुरका सितारा
ए दुरका सितारा
शब्दः किरण खरेल
संगीत/स्वरः बटुकृष्ण ज्वाला