हे आमा जन्मायौ किन
भावीले मलाई लेखिदिएछ रुन
छैटीको दिनमा थाह पाएको भए
छैटीको दिनमा थाह पाएको भए
म तिम्लाई रोक्ने थिएँ
म तिम्लाई रोक्ने थिएँ
हे आमा जन्मायौ किन
झस्केर मैले लामो सास फेरेँ
थकाइ बिसाएँ
झस्केर मैले लामो सास फेरेँ
थकाइ बिसाएँ
दिन रात रोइ जिन्दगी मैले
कसरी बिताएँ
कसरी बिताएँ
हे आमा जन्मायौ किन
चाहेको थिइनँ हिरा र मोती
ऐश्वर्य केइ पनि
चाहेको थिइनँ हिरा र मोती
ऐश्वर्य केइ पनि
साग र सिस्नो मलाई छ मीठो
पाउँदिनँ केइ पनि
पाउँदिनँ केइ पनि
हे आमा जन्मायौ किन
भावीले मलाई लेखिदिएछ रुन
छैटीको दिनमा थाह पाएको भए
छैटीको दिनमा थाह पाएको भए
म तिम्लाई रोक्ने थिएँ
म तिम्लाई रोक्ने थिएँ
हे आमा जन्मायौ किन
शब्द/संगीत/स्वरः बाबा राणा