अधुरो मेरो कहानी आऊ तिमी पुऱ्याउन, पुऱ्याउन
उदास मेरो जीवन आऊ तिमी हँसाउन, हँसाउन
अधुरो
टिपेको फूललाई सिउरिदिने कोही भएन
टिपेको फूललाई सिउरिदिने कोही भएन
रातको गीतलाई गाइदिने कोही भएन
भत्किन लाग्यो यो मन आऊ तिमी अडाउन, अडाउन
अधुरो
सम्झनाले हर दिन मलाई छोड्दै छोडेन
सम्झनाले हर दिन मलाई छोड्दै छोडेन
तिमीबाट टाढा हुँदा हाँस्नै सकिनँ
उदास मेरो मनलाई बहलाउने कोही भएन
अधुरो मेरो कहानी आऊ तिमी पुऱ्याउन, पुऱ्याउन
उदास मेरो जीवन आऊ तिमी हँसाउन, हँसाउन
अधुरो
शब्दः देव बज्राचार्य
सङ्गीतः गणेश रत्न
स्वरः मीरा राणा