आधी राति सपनीमा……..

आधी राति सपनीमा बोलाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन

अझ कति बाँकी नै छ मैले दिल खोल्न
अझ कति बाँकी नै छ मैले दिल खोल्न
तिमीसित यो मुटुको ढुकढुकीमा बोल्न
तिमीसित यो मुटुको ढुकढुकीमा बोल्न
स्वप्न मेरो अधुरै छ ब्युँझाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन

धर्तीभन्दा पर तिम्रो स्वर्ग चाहिँदैन
धर्तीभन्दा पर तिम्रो स्वर्ग चाहिँदैन
प्रीतिभन्दा पर तिम्रो माया चाहिँदैन
प्रीतिभन्दा पर तिम्रो माया चाहिँदैन
आकाशको माथि मलाई पुर्याएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन

शब्दः प्रेम विनोद नन्दन
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
सोमबार, चैत्र २, २०८२
जाने काँ हो राजै……
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
फूलहरू ओइली झरे…….
बिहीबार, चैत्र ५, २०८२
error: Content is protected !!