आधी राति सपनीमा……..

आधी राति सपनीमा बोलाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन

अझ कति बाँकी नै छ मैले दिल खोल्न
अझ कति बाँकी नै छ मैले दिल खोल्न
तिमीसित यो मुटुको ढुकढुकीमा बोल्न
तिमीसित यो मुटुको ढुकढुकीमा बोल्न
स्वप्न मेरो अधुरै छ ब्युँझाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन

धर्तीभन्दा पर तिम्रो स्वर्ग चाहिँदैन
धर्तीभन्दा पर तिम्रो स्वर्ग चाहिँदैन
प्रीतिभन्दा पर तिम्रो माया चाहिँदैन
प्रीतिभन्दा पर तिम्रो माया चाहिँदैन
आकाशको माथि मलाई पुर्याएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन
माया भए विपनीमा आउनु मलाई लिन
आउनु मलाई लिन
आधी राति सपनीमा बोलाएको किन

शब्दः प्रेम विनोद नन्दन
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!